दाङ र कीर्तिपुरका विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौँ /२ जेठ – ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा काठमाडौँ कीर्तिपुर र दाङको तुल्सीपुरको विद्यालयमा अध्ययनरत तीन विद्यार्थी सेवा र विकासका लागि युवाको समन्वयमा छात्रवृत्ति वितरण गरिएको छ ।


शुक्रवार जेठ १ गते सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा काठमाडौँ कीर्तिपुरमा रहेको श्री बाघभैरव माविको कक्षा ९ मा अध्ययनरत छात्रा आचल कुमारी मन्डल, कक्षा ८ मा अध्ययनरत छात्रा एलिसा तामाङ र दाङको तुल्सीपुरमा रहेको श्री अमर माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा बिन्दु चौधरीलाई उक्त छात्रवृत्ति वितरण गरिएको हो ।


कीर्तिपुरको छात्रवृत्ति वितरण कार्यक्रममा सेवा र विकासका लागि युवाका संयोजक प्रकाश शर्मा, विद्यालयका प्रधानाध्यापक मिन बहादुर सिंह, विद्यालय व्यवस्थापन समिति सदस्य नारायणी बुढा र प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव लोक बहादुर चयडा लगायतका व्यक्तिहरूको सहभागीता रहेको थियो । साथै दाङको छात्रवृत्ति वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल लुम्बिनी प्रदेश संगठन सचिव मणिराम चौलागाईं तुल्सीपुर नगर अध्यक्ष खड्क प्रसाद पौडेल र विद्यालयका प्रअ पदम बहादुर ओलीको उपस्थित रहेको सेवा र विकासका लागि युवाले जानकारी दिए ।