काठमाडौं/२१ बैशाख – भक्तपुरको काठमाडौं वल्र्ड स्कूलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको भन्ने विषयमा मोडल प्रश्न भएको अनुसन्धान टोलीले निष्कर्ष निकालेको छ । छानविनको क्रममा परीर्थीको मोवाइलमा आएको प्रश्नपत्र मोडल तथा पुरानो भएको निष्कर्ष निकालेको हो ।
भक्तपुरको गुण्डुस्थित काठमाडौं वल्र्ड स्कूलको विद्यार्थीको मोबाइलमा गएको प्रश्नपत्र पुरानो प्रश्न भएको अनुसन्धान टोलीले निष्कर्ष निकालेको छ ।
जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड र प्रहरी प्रशासनले काठमाडौं वल्र्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर छानविन गर्दा पुरानो प्रश्न पत्ररहेको बताइएको छ । प्रहरी र राष्ट्रिय परीक्षा बोर्डको आइटीको अनुसन्धान टोलीले छानविन गरेको थियो । अनुसन्धान टोलीले घटनाको छानविनपछि विद्यार्थीको मोवाइलमा आएको प्रश्न पुरानो भएको पाइएको बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार सिडयो, एससपी र बोर्डले मोबाइल बरामत गरेर छनविन गर्दा प्रश्न पत्र आउन नभई पुरानो प्रश्न पत्र रहेको प्रमाणित भएको खबर एजुकेशनसँग बताए । उनले केही वेरमा विज्ञप्ति जारी गरेर जानकारी दिन लागिएको जानकारी दिए ।




