काठमाडौं/२१ बैशाख – विद्यार्थीसँग नयाँ भर्ना तथा परीक्षा फारम भरिदिने भनी विद्यार्थीसँग रकम असुल्ने विद्यार्थीलाई क्याम्पसबाट निलम्बन गरिएको छ ।
बुटवल बहुमुखी क्याम्पस बिए चौथो वर्षमा अध्ययनरत रोल्नं १२० का विद्यार्थी विवेक कुवरले भर्ना तथा फाराम भरिदिने भनेर रकम बुझि भर्नाका साथै फारम भरीदिने काम नगरेको पाइएपछि निज विद्यार्थीलाई क्याम्पसबाट निलम्बन गरी क्याम्पस प्रवेशमा रोक लगाइएको हो ।
कुवरले विभिन्न नयाँ तथा पुराना विद्यार्थीहरूसँग भर्ना गरिदिने, परीक्षा फारम भरिदिने भनी कागजात र लाग्ने शुल्क वापतको रकम बुझि भर्नाका साथै फारम भरीदिने काम नगरेको भन्ने उजुरी प्रमाणित भएकोले क्याम्पसबाट निलम्बन गरिएको क्याम्पस प्रमुख डा. अरुण कुमार क्षत्रीले जानकारी दिएका छन् ।
साथै क्याम्पसमा भर्ना गर्ने, परीक्षा फर्म भर्ने जस्ता कार्यको निम्ति बैँक तथा लेखा शाखाबाट स्वयम् नै गर्न तथा अन्य कुनै व्यक्तिहरूलाई बुझाएमा क्याम्पस प्रशासन जिम्मेवार नहुने जनाइएको छ ।




