किट विश्वविद्यालयको होस्टेलमा फेरि नेपाली छात्रा मृत अवस्थामा फेला

काठमाडौँ /१८ बैशाख – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । वीरगञ्जकी प्रिसा साहको शव बिहीबार साँझ कलेजको होस्टेलमा फेला परेको थियो ।


साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ । उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषय अहिलेसम्म खुलिसकेको छैन । गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि त्यही होस्टलमा मृत फेला परेकी थिइन् ।