काठमाडौं/१५ बैशाख – नेकपा एमालेका नेता तथा सांसद योगेश कुमार भट्टराईले तत्काल सरकार र शिक्षक बीचमा समझदारी हुने बताएका छन् । जजसले शिक्षक आन्दोलनमा आफ्नो राजनीतिक स्वार्थको चाबी लगाउनु भएको छ त्यो खोलिदिए समझदारी हुने बताएका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन् ‘मेरो अनुरोध, जजसले शिक्षक आन्दोलनमा आफ्नो राजनीतिक स्वार्थको चाबी लगाउनु भएको छ, आफूले लगाएको चाबी खोलि दिनुहोस, तत्काल सरकार र शिक्षक बीचमा समझदारी हुन्छ । ऐन पनि आउछ, अन्य माग पनि पुरा हुन्छ । चुरो कुरा !’



