काठमाडौं/१५ बैशाख – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज बसेको मन्त्रीपरिषद्को बैठकमा शिक्षक आन्दोनको बारेमा कुनै एजेन्डा नभएपनि भोलि र पर्सिसम्म शिक्षकका मागहरू सम्बोधन हुने बताएका छन् । मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै शिक्षकहरूसँग शिक्षामन्त्रीको छलफल र वार्ता चलीरहेकोले एक दुई दिनमा शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बन्ने बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले अहिलेसम्म क्याबिनेटको बैठकमा प्रस्तुत गर्ने प्रस्ताव अन्तिम अझै नबनिसकेकोले भोलि सम्ममा समाधान हुने अपेक्षा गरेको बताए । मन्त्रालय र शिक्षक महासङ्घबिच वार्ता भईरहे पनि समाधानका लागि दोहोरो सहमति हुनुपर्ने र त्यो भोलिनै टुङ्गिने संकेत गरेका छन् । भोलि वा पर्सिमा सहमति भएर शिक्षकहरू विद्यालय फर्कने वातावरण बन्ने गुरुङले बताए ।