काठमाडौं/७ बैशाख – आइतवार पनि जारी रहेको शिक्षक आन्दोलन ११ बजे नै समापन गरिएको छ । पछिल्लो परिस्थितिलाई आँकलन गरेर आजको आन्दोलन निर्धारित समय भन्दा १ घण्टा अगाडी नै समापन गरिएको हो ।
शिक्षकसँग भएका सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान राख्दै आएका छन् । आन्दोलनमा सहभागी रहँदा विद्यार्थी भर्ना नगरिने, एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने, कक्षा १२ को परीक्षा बहिस्कार गर्ने घोषणा गर्दै आएका छन् ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशैभरीका शिक्षकहरू काठमाडौँ केन्द्रीत सडक आन्दोलन गर्दै आएका छन् । साथै शिक्षामन्त्री विद्या भट्टराई, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका शिक्षकहरूले सरकारको विश्वास नलागेका कारण शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् ।



