शिक्षक आन्दोलन : कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे छलफल गर्दै

काठमाडौँ /२१ चैत – आज दिउँसो ४ बजे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विद्यालय शिक्षा विधेयक बारे सरोकारवालासँग छलफल गर्ने भएका छन् । विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै शिक्षक कर्मचारीहरूले सडक आन्दोलन गरेपछि विधेयक बारे छलफल गर्ने भएका हुन् ।


छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, संसद्को शिक्षा समिति सभापति लगायतको उपस्थिति रहनेछ । आन्दोलनर शिक्षकहरुले ऐन जारी नगरेसम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् । उनिहरु विगतमा सरकारसँग भएका सहमति सम्बोधन गर्ने गरी ऐन आउनु पर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन ।


शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलायो


सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहिबार विज्ञप्तिमार्फत काठमाडौंको सडकमा आन्दोलनरत शिक्षकहरुलाई बर्तामा बोलाएको हो ।


शिक्षकहरुको आन्दोलन प्रति ध्यानाकर्ष भएको भन्दै मन्त्रालयले विगात झै फेरिपनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको उल्लेख गर्दै शिक्षक तथा कर्मचारीहरुका प्रतिनिधिहरुलाई मन्त्रालय बोलाईएको छ ।

विद्यालय शिक्षा विधेयक स्वीकृतको पर्खाइमा रहेकाले यसका लागि सामुहिक सन्देश प्रवाह गर्न मन्त्रालय सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ ।