काठमाडौँ /२१ चैत – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा विद्यालय शिक्षा विधेयक बारे सरोकारवालासँग छलफल भईरहेको छ । बैठक सहरी विकास मन्त्रालयमा बसेको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, संसदको शिक्षा समिति सभापति र विभिन्न दलका नेताहरू लगायत सरकारपक्ष मात्रै रहेको स्रोतले बतायो । विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै शिक्षक कर्मचारीहरूले सडक आन्दोलन गरेपछि विधेयक बारे छलफल गर्न लागिएको स्रोतको भनाई छ ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौँको सडकमा आन्दोलनरत शिक्षकहरूलाई बर्तामा बोलाएको हो । तर शिक्षकहरूले शिक्षामन्त्रीसँग वार्ता नबस्ने खबर मन्त्रालयमा पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।



