काठमाडौं/२९ फागुन – सरकारले अहिलेकै हिउँदे अधिवेशनबाट विद्यालय शिक्ष एैन जारी गर्ने गरी काम गरिरहेको नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बताएका छन् । नेपाल शिक्षक महासंघको दास्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको धर्ना कार्यक्रममा बोल्दै शिक्षासँगै अड्किएका कानुन चाँडै ल्याउनका लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताएका हुन् ।
उनले भने ‘राज्यले शिक्षकको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासात गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाए हुन्थ्यो भनेर हामी आफैँ लागिरहेका छौँ’, उनले भने ।
पोखरेलल शिक्षकहरुको नेर्ततव्मा बस्ने नेताहरुले पनि आफ्नो विद्यालय राम्रो बनाउन लाग्नु पर्ने उल्लेख गर्दै राजनीतिक दलहरुले शिक्षामा समस्या ल्याउने गरेको भन्ने गलत कुरा भइरहेको बताए । उनले अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान रहेको भन्ने कुरा बिर्सन नहुनेमा जोड् दिए ।
साथै शिक्षा ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि शिक्षक महासङ्घको सहयोग पनि आवश्यक रहेको बताए ।



