प्याब्सनको नयाँ कार्यसमिति चयन

काठमाडौँ /२९ फागुन – निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन)ले नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा बुधबार सम्पन्न १६ औं महाधिवेशनले कृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।


नयाँ कार्य समितिमा सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल, उपाध्यक्षद्वय आशिष श्रेष्ठ, थकिनकुमार गुरुङ, महासचिव आरबी कटुवाल,कोषाध्यक्ष गणेशबाबु पोखरेल चयन भएका छन् ।


प्याब्सनको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा पदभार ग्रहणपछि अध्यक्ष अधिकारीले विद्यालय शिक्षा ऐनमा निजी विद्यालयका विषय समावेश गर्ने, निजी विद्यालयका सम्पत्तिको सुरक्षा लगायत समग्र शिक्षासम्बन्धी मुद्दालाई प्रभावकारी ढंगले उठाउने बताएका छन् ।