काठमाडौं/२४ माघ – स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक गर्न माग माग गरको छ । विद्यार्थीका मुद्दालाई तत्काल हल गर्नुपर्ने भन्दै फागुनका पहिलो हप्तामा सिनेटको बैठक आह्वान गर्न माग गरेका हुन ।
नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष एवं विश्वविद्यालय सभा सदस्य विष्णु ढुङ्गेल, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्ष एवं विश्वविद्यालय सभा सदस्य श्याम राज ओझा र पुल्चोक क्याम्पसका स्ववियु अध्यक्ष एवं विश्वविद्यालय सभा सदस्य विराज अर्यालले सिनेट बैठकको माग गर्दै उपकूलपति प्रा.डा. केशरजंग बरालमार्फत प्रधानमन्त्री तथा कुलपति ओलीको ध्यानाकर्षण गराएका हुन् ।
पटक पटक आफ्ना विद्यार्थीका विभिन्न माग मुद्दाहरू उठाउँदा पनि विश्वविद्यालय बेवास्ता गरको उनिहरूको आरोप छ । विद्यार्थीका मुद्दालाई तत्काल सम्बोधन गर्न फागुनको पहिलो हप्तामा सिनेट बैठक आह्वान गर्न उनीहरूले माग गरेका छन् । साथै अब पनि विद्यार्थीका जाहेज माग सम्बोधन नभए थप सङ्घर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
‘विगतदेखि नै हामीले उठाउँदै गरेको सर्वविदितै छ । तर आंशिक विषय सुनी मूल मुद्दाबाट विश्वविद्यालय भाग्न मिल्दैन। त्यसैले विद्यार्थीका मुद्दालाई तत्काल हल गर्न फागुन महिनाको पहिलो हप्तामा सिनेट बैठकको आह्वान गर्न त्रिवि उपकुलपति मार्फत कूलपतिज्यूको ध्यानाकर्षण गराउँदछौँ । यी घटनाक्रम हेर्दा विश्वविद्यालय विद्यार्थीका मागहरूलाई सम्बोधन गर्न कत्तिको जिम्मेवार रहेको छ भन्ने देखाउँछ । साथै अब पनि विद्यार्थीका मुद्दामा विश्वविद्यालयले यस्तै हर्कत जारी राखेमा थप सङ्घर्ष गर्न बाध्य हुनेछौँ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।



