चिकित्सा शिक्षाको स्नातकोत्तर तहको सिट निर्धारण

काठमाडौं /२४ माघ – चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/८२ का लागि स्नातकोत्तर तहको सिट निर्धारण गरेको छ । माघ २३ मा बसेको आयोगको कार्यकारी समिति बैठकले स्नातकोत्तर तहको शिक्षण संस्थागत रुपमा विधागत शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गरेको हो ।


सार्वजनिकतर्फ स्नातकोत्तरका विभिन्न कार्यक्रमका लागि विभिन्न शैक्षिक संस्थालाई ७ सय ९५ सिट पाएका छन् भने निजी मेडिकल कलेजलाई १ हजार ४० सिटको बाँडफाँट भएको छ ।


आयोगले सिटहरुको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७३ बमोजिम खुला, सरकारी र विदेशी विद्यार्थी समूह खुलाई सूचना गरीने जनाएको छ ।


हेर्नुहोस सिट निर्धारण सूची