डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहको परीक्षा केन्द्र कायम

काठमाडौं/२३ कार्तिक – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तह तेस्रो बर्ष दोश्रो खण्ड र प्रि-डिप्लोमा तहको वार्षिक परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।


भदौं १९ गते प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना अनुसार डिप्लोमा तह सेमेष्टर परीक्षा प्रणाली अन्तर्गतका सम्पुर्ण कार्यक्रमहरुको तेस्रो बर्ष दोस्रो खण्डको नियमित/आंशिक परीक्षाहरु र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, लोपोन्मुख जाती) अन्तर्गत डिप्लोमा तह सेमेष्टर परीक्षा प्रणालीका विभिन्न कार्यक्रमहरुको तेश्रो वर्ष दोश्रो खण्डका नियमित /आंशिक परीक्षाहरुहरुको परीक्षा केन्दै कायम गरेको हो ।


त्यसैगरी असोज १३ गते प्रकाशित परीक्षा तालिका बमोजिम कार्तिक २९ गते बिहान ७ः०० बजे देखि संचालन हुने सम्पुर्ण परीक्षाहरु परिषद्का सम्बन्धित प्रदेश कार्यालयको सिफारिशमा परीक्षा केन्द्र कायम गरिएको जनाएको छ ।


हेर्नुहोस परीक्षा केन्द्र
डिप्लोमा तथा प्रमाणपत्र तह
प्रि-डिप्लोमा तह