भक्तपुर/१३ भदौं – संयुक्त विद्यालय विकास मञ्चको आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरूको अन्तर विद्यालय फुटसल प्रतियोगिता–२०८१ सम्पन्न भएको छ ।
उक्त फुटसल प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा ९ ताथलिको सरस्वती शिक्षा सदन स्कुल माध्यमिक र आधारभूत दुवै तहको खेलमा विजेता भएको छ ।
माध्यमिक तह तर्फको फुटसलमा भक्तपुर नगर पालिकाको ग्लिटर फ्युचर स्कुलले द्वितीय स्थान र पारगान एकेडेमीले तृतीय स्थान पाउन सफल भएको थियो । साथै आधारभूत तह तर्फ भक्तपुर कमलविनायक स्थित पारागन एकेडेमीले द्वितीय स्थान र डेमोस स्कुलले तृतीय स्थान प्राप्त गरेको जानकारी संयुक्त विद्यालय विकास मञ्चका अध्यक्ष श्रीराम सुवालले जानकारी दिए ।
संयुक्त विद्यालय विकास मञ्चका कोषाध्यक्ष राम प्रसाद खाताखोको संयोजनमा सम्पन्न अन्तर विद्यालय फुटसल प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विजेता खेलाडि विद्यार्थीहरुलाई प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सिल्ड प्रदान गरे थिए ।
संयुक्त विद्यालय विकास मञ्चका सचिव मुकेश योन्जनले यस्ता प्रकारका खेलले विद्यार्थीहरू पढाईको बोझबाट मुक्त भइ अझ अध्ययनमा रुची राख्ने भएकाले विविध खेलका कार्यक्रम आयोजना गरिनु पर्ने बताए ।



