झापाको निन्दाखोलामा पौडि खेल्ने क्रममा डुबेर एक शिक्षकले गुमाए ज्यान

युवराज रेग्मी
झापा/१५ जेठ – झापाको मेचीनगर नगरपालिका ३ स्थित निन्दा खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेमा मेचीनगर ३ बडाखालका ४० वर्षीय धनराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


मृतक भण्डारी नवज्योति निम्न माध्यमिक विद्यालयका शिक्षक हुन् ।


प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजेको समयमा भण्डारी निन्दा खोलामा पौडी खेल्न गएका थिए । खोलामा पौडि खेल्ने क्रममा डुबेर बेहोस भएका भण्डारीलाई स्थानीयले देखेर उपचारको लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाएका थिए । उपचारका क्रममा शिक्षक भण्डारीको दिउँसो २ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।