बाजुरा/१० जेठ – शैक्षिक भ्रमणमा रारा गएका विद्यार्थी सवार जिप दुर्घटनामा परेको छ । बाजुराबाट रारा जाँदै गर्दा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ जामको खोलामा दुर्घटना जिप दुर्घटना भएको ।
दुर्घटनामा चालक सहित १२ जना घाइते भए छन् । बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा तालमा शैक्षिक भ्रमणमा गएका थिए ।
घाइते हुनेमा ९ जना विद्यार्थी, दुई जना शिक्षक र चालक रहेको र घाइतेमध्ये चालक बाहेक सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



