धनकुटा/२१ बैशाख – धनकुटाको चौबिसे गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अध्यापन गराउने निर्णय कार्यान्वयन नगरेको भन्दै सेवा सुविधाबाट वञ्चित गर्ने चेतावनी दिएको छ । गाउँपालिका भित्र स्थायी ठेगाना भएका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले संस्थागत विद्यालयमा लगेर अध्यापन गराएको गुनासो आएपछि चेतावनी दिएको हो ।
गाउँपालिका भित्र स्थायी ठेगाना भएका सबै जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य रूपमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउने निर्णय भए पनि नपढाए पछि निर्णयलाई पालना गर्न निर्देशन दिएको छ ।
गाउँपालिका भित्रका कतिपय कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिले आफ्ना छोराछोरी गाउँपालिका बाहिरका सामुदायिक तथा गाउँपालिका भित्र बाहिरका संस्थागत विद्यालयमा लगेर अध्यापन गराएको भन्ने गुनासो आएकोले उल्लिखित निर्णयलाई पालना गर्नुहुन पुन आदेशानुसार अनुरोध छ सूचनामा उल्लेख छ ।
साथै सूचनालाई बेवास्ता गरे गाउँपालिकाबाट प्रदान गरीने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरीने समेत चेतावनी दिएको छ ।



