धनुु कठेत
प्रबन्ध निर्देशक
क्षमादेवी कन्स्ट्रक्सन प्रा.लि.
काठमाडौं/२८ फागुन – अहिले मानिसहरु कोठा भाँडामा लिएर बसोबास गर्न भन्दा पनि आफै पैसा जम्मा गरेर वा ऋण लिएर घर बनाउन चाहान्छन् । मानिसहरुको घरको बढ्दो माग देखेर विभिन्न कम्पनीहरुले नयाँ शैली, डिजाइन र विशेषतायुक्त घरहरु बाहिर ल्याएका छन् । मानिसहरुमा घरको बढ्दो माग देखेर विभिन्न कम्पनीहरुले नयाँ शैली, नयाँ डिजाइन र विशेषतायुक्त घरहरु बाहिर ल्याएका छन् । ठिमी कौशलटारमा रहेको क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालिले ‘प्रि–फ्याब्रिकेटेड’ (प्रि–फ्याब) उपलब्ध गराउँदै आएको छ ।
प्रि–फ्याब हाउस के हो ?
प्रि–फ्याब हाउस भनेको पहिले नै बनिसकेको बिल्डिङलाई पुनः एसेम्बल गरी बनाइने घर हो । यो पहिला नै जोडेर एक निश्चित आकारमा ढालिसकेको निमार्ण सामग्री भएकाले छिटो र छरितो घर तयार हुन्छ ।
स्कुल तथा कलेजका लागि कति उपयुक्त छ ?
यस प्रक्रियाबाट भवन निर्माण गर्दा धेरै समय नलाग्ने हुँदा स्कुल तथा कलेजका लागि उपयुक्त हुन्छ । यो भवन हेर्दा आकर्षक हुनुका साथै सजिलै एक ठाउँबाट अर्को ठाउँमा लान पनि सकिन्छ । विद्यालयले यो भवन आफू अनुकूल सजिलै अर्को ठाउँमा फिट गर्न सक्छन् । भूकम्प प्रतिरोधी भवन भएका कारण विद्यार्थीहरुका लागि यो भवन सुरक्षित पनि छ ।
खर्च कति लाग्छ ?
अर्को भवन बनाउनेको तुलनामा यो भवन बनाउन कम खर्च लाग्छ । हेर्दा पनि आकर्षक देखिन्छ भने खर्च पनि कम लाग्छ । अर्को भवन बनाउनुको तुलनामा यो ४० प्रतिशत सस्तो पर्न जान्छ ।
यसका विशेषताहरु के के हुन् ?
यो पूर्ण रुपले सुरक्षित भवन हो । यसमा आगो, घाम र पानीले केही असर पर्दैन । यो कुनै कुराले नखाने प्रि–फ्याब धेरै किफायती छ । यसमा पानी पर्दा पनि आवाज नआउनुका साथै तापक्रम पनि नियन्त्रण गर्न सक्छ । यसमा रंग लगाउनु पर्ने झन्झट पनि छैन । यो अन्य भवनको तुलनामा चाँडो तयार हुनुका साथै यसलाई फुकाएर अर्को ठाउँमा लागेर जडान समेत गर्न सकिन्छ । यसको अर्को विशेषता भनेको जग्गाको किफायती साउन्ड प्रुुफ पनि हुन्छ ।
कुन कुन स्कुलले प्रयोग गरेका छन् त ?
उपत्यका तथा उपत्यका बाहिरका नामी विद्यालयहरुले प्रि–फ्याब प्रयोग गरेका छन् । गोल्डेन गेट, लिटिल एञ्जलस, काठमाडौं भ्याली, डनबस्को लगायतका स्कुलहरुले यो भवन प्रयोग गर्नु भएको छ ।
प्रि–फ्याब हाउन निर्माणका लागि कति समय लाग्छ ?
सामान्यतया ४ देखि ५ हप्ताभित्र भवन पूूर्ण रुपमा बस्न योग्य हुन्छ । कामको प्रकृति अनुसार समय लाग्छ । करिब ३ महिनाभित्र २० कोठाको विद्यालय भवन प्रयोग गर्न सक्ने गरी तयार हुन्छ । सुरक्षित स्कुल र कलेजका लागि यो भवन निकै उपयुक्त हुन्छ । कम जग्गामै प्रि–फ्याब हाउस तयार गर्न सकिन्छ ।



