काठमाडौँ/२३ माघ – पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । समितिले सूचना जारी गर्दै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त माग गरेको हो ।
उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । साथै योग्य व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यविधि अनुसार १५ दिनभित्र मन्त्रालयको कार्यालय सिंहदरबारमा दरखास्त पेस गर्न सक्ने जनाएको छ ।



