काठमाडौँ /२१ माघ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वा प्रधानमन्त्री मधवकुमार नेपालले विदेश अध्ययनका लागि बाहिर विद्यार्थी सप्लाई गर्ने संस्थाका कारण उच्च शिक्षामा समस्या आएको बताएका छन् । ती संस्थाहरूका कारण कक्षा १२ पास नगर्दै विद्यार्थी विदेश जाने लर्को लागेकोले समस्या खडा भएको बताएका हुन् ।
एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालले उच्च शिक्षाको बर्तमान अवस्था चुनौतीबारे शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा कतिपय नेपालीहरूले विदेशमा कलेज खोल्ने गरेको र नेपालबाट विद्यार्थी सप्लाई गर्ने गरेको उनको भनाई थियो ।
नेपालका विश्वविद्यालय तथा कलेजहरूमा विद्यार्थीको सङ्ख्या घट्दो अवस्थामा रहेको र विस्तारै चल्नै नसक्ने अवस्थामा पुगेकोले अब ध्यान दिनुपर्नेमा जोड्दिए । उनले भने “विदेश अध्ययनका लागि बाहिर विद्यार्थी सप्लाई गर्ने संस्थाका कारण कक्षा १२ पास नगर्दै विद्यार्थी विदेश जाने लर्को लागेका लर्को लाग्ने गरेको छ । विदेश अध्ययनमा पठाउने संस्थाहरूले बाहिर सप्लाई गर्छन । कतिपय नेपालिहरूले पनि विदेशमा कलेज खोलेका छन् । नेपालबाट विद्यार्थी सप्लाई गर्छन । यसले धेरै ठुलो समस्यामा देशमा खडा भएको छ ।”
विद्यार्थी बाहिर गएपछि उतै ज्ञान प्राप्त गर्ने र प्राप्त गरेको ज्ञान बाहिरै बस्ने भएकोले विश्वविद्यालयले पाठ्यक्रममा ध्यान दिँदै विद्यार्थी केन्द्रीत पठनपाठन गर्नुपर्ने उनको भनाई थियो ।



