काठमाडौं/२० साउन-आफ्नो कार्यकाल सकिन लागेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन् । नयाँ उपकुलपति नियुक्तिका लागि नाम पहिचान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र मार्फत जानकारी गराएको बताएका हुन् ।
संसदको शिक्षा स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै भने ‘मेरो कात्तिक १६ मा सकिन्छ । सम्माननीय प्रधानमन्त्रीलाई चिट्ठी लेखेको छु । तीन महिनापछि भीसी खाली हुँदैछ । अहिलेदेखि व्यक्ति आइडेन्टिफाइ गर्दिनुहोस् । ठूलो संरचना छ । बुझ्नै तीन महिना लाग्छ । तीन महिनापछि नियुक्त गर्दा डे वानदेखि काम गर्न सक्छ ।’
उपकुलपति डा. बाँस्कोटाको कार्यकाल आगामी १६ कात्तिकदेखि सकिँदै छ ।



