काठमाडौं/१९ साउन-शिक्षाविद् प्रा.डा.बालचन्द्र लुइँटेलले विद्यालय शिक्षा बिग्रनुमा शिक्षकको मात्रै दोष नभएको बताएका छन् । उनले शिक्षामा बजेट छुट्याए पनि खर्च नहुने र खर्च भएपनि उपलब्धि नहुने गरेका कारण विद्यालय तहको शिक्षा बिग्रनुमा शिक्षकको मात्रै दोष नभएको बताएका हुन् ।
लुइँटेलले आफुसँग केही तथ्याङक रहेको र त्यो तथ्याङक अनुसार शिक्षामा बजेट छुट्याएपनि खर्च नहुने, खर्च भएपनि उपलब्धि नहुने गरेको र नेपाल सरकारको लागि सबै भन्दो ठुलो रिक्स शिक्षा मन्त्रालयको रहेको बताए ।
उनले भने ‘गएको २५–३० वर्षमा हामीले शिक्षामा गरेको लागनि कहाँ गयो ? त्यसको दोष कसले लिने ? त्यसकारण यसमा शिक्षक मात्रै देषी भन्दा पनि समग्र शिक्षा मन्त्रालय र यस मातहतका संस्थाहरुलाई मनिटरिङ कसले हेर्ने भन्ने महत्वपूर्ण रहन्छ, त्यसैले शिक्षलाई मात्रै दोष दिन मिल्दैन ।’
शिक्षक र शिक्षणलाई मजाकको विषय नबनाउँ
लुइँटेलले पछिल्लो समयमा बाहिर आइरहेको प्रस्तावित शिक्षा विधेयकका बारेमा बोल्दै अहिले बाहिर आइरहेको शिक्षा ऐन सत्य हो र त्यही जाने हो भने केही ठिक भएपनि केही कुरा आपत्ति जनक रहेको बताए । साथै शिक्षक र शिक्षणलाई मजाकको विषय नबनाउन समेत आग्रह गरे ।
उनले शिक्षक अनुगन गर्ने विषयमा आफ्ना धारणा राख्दै अनुगमन गर्ने आधिकारीक व्यक्ति को हो ? त्यसको विज्ञता हुन्छ की हुँदैन ? भन्ने कुरा धेरै महत्व रहेको बताए । ‘कक्षा कोठामा गएर कसले अनुगमन गर्ने, विधेयकमा अनुगमनको विषय अउनु सरकारी कर्मचारीको मानसिकता बाट लेखिएको जस्तो लाग्छ’ उनले भने ।
अहिलेको अवस्था अनुसार नेपाल सरकारको खरिदार, सुब्बा भनेको कक्षा १२ पास गरेको व्यक्तिहरु हुन्छन्, व्यच्लर्स गरेको अधिकृत हुन्छन, त्यो भन्दा माथी लोकसेवा दिएर वा फाइल बढुवा भएर पनि उपसचिव, सहसचिव हुन्छन् तर, शिक्षक फाइल बढुवा भएर तह बढुवा हुँदैन र व्यच्लर्स पढेको शिक्षकले कक्षा १२ सम्म पढाउने भन्ने पनि हुँदैन, त्यसकारण जसले ऐन ड्राफ्ठ गरेको छ, यस्ता कुरा नमिलेको र शिक्षक सेवाको मजाकमा उडइरहेको बताए ।
शिक्षक व्यचलर्स पढेको हुने अनि कक्षा १२ पढेकोले कक्षामा गएर अनुगमन गर्ने भन्नु गलत रहेका, यदी त्यस्तो प्रावधान कानुनमा ल्याइएको छ भने त्यो लागू नहुने उनको दाबी छ ।
यस भन्दा अगाडि पनि निरिक्षकहरु नियुक्ति गरिएको र सामाजिक शिक्षा पढेको त्यो पनि व्यचलर्स गरेको निरिक्षकले गएर मास्टर्स गरेको गणित शिक्षकको कक्षामा गएर अनुगमन गर्न नसके रै समस्या आएको बताए । उनको निजामती कर्मचारी र एकेडेमिक शिक्षकहरुलाई छुट्टयाउन आवश्यक रहेको भनाई छ ।
‘शिक्षक र शिक्षण भनेको खुला काम भएको र निरन्तर खोजि गरिहनुपर्ने काम हो, विज्ञतालाई कदर गर्न सिकौं र निजामतीको हालीमुहालि जस्तो देखिनु गलत हो, यसलाई बेग्लै व्यवस्थापन गर्नु पर्छ ‘ उनले भने ।



