राहत शिक्षकको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं/१२ साउन-नेपाल राहत शिक्षक केन्द्रीय समितिले देशभरका सबै समितिहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएको छ । संघीय शिक्षा ऐनको मस्यौदा औपचारिक रुपमा छलफलमा आएपछि राहत शिक्षकहरुको माग सम्बोधन नहुने अवस्था सिर्जना गरिए ठिक समयमा आन्दोलनको घोषणा गर्न हाई अलर्टमा रहन निर्देशन दिएको हो ।


साथै शिक्षा मन्त्रालयले एकलौटी ढंगले क्यविनेटबाट पास गराई संसदमा पेश गरेमा परिस्थितीको विश्लेषण गरी आन्दोलनको घोषणा गर्ने नेपाल राहत शिक्षक केन्द्रीय समितिले घोषणा गरेको छ ।


संघीय शिक्षा ऐनको मस्यौदा औपचारिक रुपमा छलफलमा नआइसकेकोले सरोकारवाला निकायसँग छलफलमा ल्याउन तत्काललाई लविङको माध्यमबाट दबाब सिर्जना गर्ने समितिले निर्णय गरेको छ ।