सबैसँग छलफल गरेर मात्रै शिक्षा ऐन ल्याइनु पर्छ : सांसद दिपा शर्मा

काठमाठौं/१० साउन-प्रतिनिधि सभा सदस्य मा.दिपा शर्माले राज्यले शिक्षामा लगानी गर्न नचाहेकोले शिक्षा क्षेत्र पछाडि परेको बताएकी छन् । विकसित राष्ट्रहरुले शिक्षामा लगानी गरेकै कारण समृद्धि भएको बताउँदै समग्र राष्ट्रको विकासका लागि शिक्षामा लगानी बढाउनु पर्ने बताएकी हुन् ।


उनले अन्तराष्ट्रिय मान्यता अनुसार २० प्रतिशत शिक्षामा बजेट राखिनुपर्छ भन्दै आएपनि सरकारले ११ प्रतिशत मात्रै शिक्षामा बजेट राखिनुले शिक्षालाई प्राथमिकतामा नराखेको देखिएको बताइन । भनिन् जहाँ राज्यले लगानी गर्न चाँहदैन त्यसबाट रिजल्ट राम्रो खोजेर कहाँ पाइन्छ । रिजल्ट राम्रो बनाउने हो भने लगानी बढाउनु पर्छ । राज्यले लगानी नगरेकै कारण थोरै राम्रा विद्यालयलाई हेरेर चित्त बुझाउनु पर्ने अवस्था छ । यसलाई राज्यले गम्भिर रुपमा लिनुपर्छ ।


संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समेत रहेकी शर्माले सरकारले संघीय शिक्षा ऐन छिटो ल्याउनुपर्नेमा जोड् दिइन । उनले शिक्षामन्त्री र शिक्षा मन्त्रालयका सचिवसँग शिक्षा समितिमा बोलाएर यसबारे छलफल गरेको समेत जानकारी दिइन । सदनमा समेत कानुनी रिक्तता पुरा गर्नुपर्ने भन्दै कुरा राखिरहेको बताउँदै सरकारले यसबारे ढिला नगरी संसदमा पेश गर्न आग्रह गरिन ।


शिक्षा ऐन ल्याउने बारेमा बहिर बाहिर सुनिरहेको तर सरकारले प्रक्रियामा रहेको भन्दै अल्झाएको उनको भनाई थियो । शिक्षामा देखिएका जतिसुकै समस्या छन् ऐन र कानुनका माध्यमबाट समाधान हुनुपर्छ । त्यसका लागि पनि संघीय शिक्षा ऐन ल्याउनु पर्छ भन्ने तयारीमा लागिरहेका छौं उनले भनिन् ।


शर्माले कहिकतै कुनै होटेल भित्र, कसैका निजी स्वार्थमा जोडिएका, बाझिएका र झ्यालबाट छिरेर अहिलेका समस्यालाई सम्बोधन नगरी कतैबाट कोही र केही कुरालाई पस्न नदिने प्रतिवद्धता व्यक्त गरीन । उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन हेर्न शिक्षामन्त्रीसँग माग्दा दिन नसकेको र भेटेकै छैन प्रधानमन्त्रीको कार्यलयमा छ अरे भन्दै तर्कने गरेको बताउँदै केही दिनमा ल्याउन नसके राज्य निरिह भयो भनेर आफैले त्यसलाई खोजेर ल्याउने उनको भनाइ थियो ।


सरकारले शिक्षा समिति, सांसद लगायत कसैसँग छलफल नगरी फाष्ट ट्रयाकबाट शिक्षा ऐन ल्याउन खोजे त्यसलाई रोकेर समितिमा नै ल्याएर सरोकारवालहरुसँग छलफल गरेर सबैले अपनत्व लिने गरेर मात्रै शिक्षा ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरीन ।