म्यानेजमेन्ट र बिजनेस पढ्न विदेश जाने विद्यार्थीको संख्या ४२ हजार ६ सय १७ (हेर्नुहोस कुन विषयमा कति)

काठमाडौं/१० साउन–एक वर्षमा उच्च शिक्षा अध्ययनका लागि म्यनेजमेन्ट संकायमा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या सबै भन्दा धेरै रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि असार मसान्तसम्ममा उच्च शिक्षाका लागि विदेश अध्ययनमा जाने विद्यार्थीहरुले विभिन्न संकायमा गरी कुल १ लाख ८ हजार ७ सय ३० जनाले एनओसी लिएका थिए ।


बैदेशिक अध्ययन अनुमति शाखाका अनुसार यो वर्ष म्यानेजमेन्ट संकाय अन्तर्गत अध्ययनका लागि विदेश जान एनओसी लिने विद्यार्थीको संख्या सबै भन्दा धेरै रहेको जनाएको छ । म्यानेजमेन्टका लागि मात्रै संख्यामा २९ हजार ७ सय ३४ ले एनओसी लिएका छन् भने ३ हजार ९ सय १६ आवेदन विभिन्न कारणले रद्ध गरिएको छ ।


त्यसैगरी जापानमा भाषा अध्यनमा जान एनओसी लिने विद्यार्थीहरुको संख्य २१ हजार १ सय ३१ रहेको छ । त्यस्तै विजनेस स्टडीका लागि १२ हजार ८ सय ८३, इन्फरमेशन टेक्नोलोजि पढ्नका लागि ९ हजार ४ सय ६८, हेल्थका लागि ५ हजार ३ सय ६२, साइन्स् एण्ड टेक्नोलोजीका लागि ४ हजार २ सय ३८, हस्पिटालिटीका लागि ४ हजार १ सय ५७, इन्जिनियरिङका लागि ४ हजार १ सय, साइन्समा ३ हजार ९ सय २३, कम्प्युटर साइन्समा २ हजार ७ सय ३४, कम्युनिटी सर्भिसमा २ हजार ३ सय २३ जनाले एनओसी लिएका छन् ।


साथै होटेल इन्टर्नसिप र प्रवेश परीक्षा (जस्तै मेडिकल परीक्षाका लागि जारी गरिने) तथा अफर लेटर पाउनुपूर्व गर्नुपर्ने कोर्स ( टि-कोर्स, एम-कोर्स, जि-कोर्स, डब्लु-कोर्स) को जारी भएको एनओसी विवरण यसमा समावेश गरिएको छैन । किनभने ती विषयहरुमा संकाय उल्लेख हुँदैन ।