विद्यालय कर्मचारीको घोषणा माग सम्बोधन नभएसम्म विद्यालय बन्द गर्छौ (भिडियोसहित)

काठमाडौं/२० जेठ-विद्यालय कर्मचारीका मागमुद्दा सम्बोधनमा सरकारले पटक पटक आफुहरुलाई झुक्याएको र यस पटकको बजेटमा पनि सरकारले झुक्याएको भन्दै विद्यालय कर्मचारीले आक्रोस व्यत्त गरका छन् । उनीहरुले आन्दोलन कार्यक्रम सार्वजनिक गर्दै माग पुररा नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतवनी दिएका छन् ।


त्यसैगरी नेपाल शिक्षक महासंघले समेत विद्यालय कर्मचारीहरुका माग पुरा गर्नका लागि वेवास्त गरेको आरोप छ । विद्यालय कर्मचारी न्युन वेतनमा काम गर्न बाध्य बनाइएको, दरबन्दी सिर्जना नगरीएको र ८० वर्षसम्म काम गर्नुपर्ने बाध्यता भएको भन्दै मुलुक भरका सामुदायिक विद्यालयकाहरुमा कार्यत कर्मचारीहरुको पूर्ण सेवा सुविधा सहित पेशागत स्थायीत्वको माग गरेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।


सरकारको नीति तथा कार्यक्रमको बुदा नं. १२७ मा आफ्नो माग सम्बोधन हुने उल्लेख भएको तर बजेटमा नसमेटिएको हुँदा आन्दोलनको कार्यकम सार्वजनिक गर्न बाध्य भएको परिषद् भनाई छ ।


जेठ २० गतेदेखि २६ सम्म विद्यालयको ताला चावी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरु सम्वन्धित जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना दिने, २७ गते देखि असार १ गते सम्म काठमाण्डौं स्थित भद्रकालीमा रिले अनसन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नहुनजेल सम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

भिडियो यहाँबाट हेर्नुहोला :