काठमाडौं /१९ जेठ-भक्तपुरको सूर्यविनायक नगरपालिका, खबर एजुकेशन डटकम र भक्तपुरकै विशिष्ट श्रेणी कायम गरिएको विदालय काठमाडौं वल्र्ड स्कुलको संयुक्त आयोजनामा शिक्षण सिकाईसँगै प्रश्नपत्र निर्माण तथा मुल्याङकन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालााको प्रमुख अतिथि नगरपालिका उपप्रमुख सरिता तिमसिना भट्टराईले शिक्षा क्षेत्रलाई उत्कृष्ट बनाउन आफुहरु दिनरात खटेको बताउँदै सबैसँग सहकार्य गरे मात्रै सफल भइने भनाई राखिन । नेपाल मै पहिलोपटक प्रअहरुलाई प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिएको प्रशंग राख्दै शिक्षक पनि जिम्मेवार भएर नयाँ नयाँ शिक्षण विधि र पद्धतिको अनुसरण गर्नुपर्नेमा जोड् दिइन् । साथै निजी र सामुदायिक विद्यालयको साझेदारी गरे मात्रै शिक्षामा परिवर्तन सम्भव भएको र त्यसतर्फ नगरपालिकाले योजना बनाई रहेको जानकारी दिइन ।
उक्त कार्यशालामा स्वगत मन्तव्य राख्दै काठमाडौं वल्र्ड स्कुललका अध्यक्ष इन्जिनियर डा.मिथलेश कुमार झाले अहिलेको विश्वव्यापी सन्दर्भमा भएका नयाँ नयाँ आविष्कारको परिदृष्य हेर्दा शिक्षा उच्चतम प्रविधिमैत्री हुनपर्ने बताए । उनले वर्तमान शिक्षाले उत्पादन गरेको जनशिक्त र बजारको मागवीच तादाम्य सम्बन्ध स्थापीत हुन नसकेकोले आधारभूत तहबाटै शिक्षा नीति, शिक्षण सिकाइ क्रियाकलापलाई उच्च गुणस्तर उन्मुख शिक्षा प्रणाली स्थापीत गर्नुपर्ने कुरामा जोड् दिए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसरी हुने कार्यशालाले शिक्षण सिकाई क्रियाकलाप र परीक्षालाई एक आपसमा जोड्ने विचार व्यक्त गरे । शर्माले प्रश्नहरुको गुणस्तरमा एकरुपता नहुँदा शिक्षकले दिने अंकमा समेत फरक पर्ने भएकोले उत्तरपुस्तिका परीक्षणमा एकरुपता ल्याउन स्तरीकृत परीक्षा सञ्चालन गरिएको बताए । उनले विद्यार्थीको शिक्षण सिकाईसँग जोड्नुपर्ने र पाठ्यक्रमको मर्म अनुसार विद्यार्थीका सिकाई सक्षमता विकास भयो कि भएन सुनिश्चितता गर्न प्रश्नपत्रको ठुलो महत्व हुने बताए ।
काठमाडौं वल्र्ड स्कुलका प्राचार्य केशर बहादुर खुलालले अहिलेको समयमा माटो सुहाउँदो र विश्व परिवेश अनुकुलको शिक्षणा प्रणालीको बारेमा प्रस्तुती दिए । विद्यालय शिक्षण सम्बन्धी आफ्नो गहन अध्ययन र लामो तथा विविध अनुभवका आधारमा वैदिक समयदेखि आजका सम्पन्न राष्ट्ररुलेसम्म स्विकारेको सोधमुलक शिक्षण विधिनै उत्तम भएको बताए । खुलालले यकाठमाडौं वल्र्ड स्कुलले यही विधी अपनाई आफ्ना विद्यार्थीलाई हरबखत जिज्ञाशु बन्न प्रोत्साहित गर्ने गरेको उदाहरण दिँदै सहभागी प्रधानाध्यापकहरुलाई यो विधिमा जोड् दिन प्रोत्साहन गरे ।
प्रा.डा. रमेशप्रसाद अवोस्थीले पाठ्यक्रमको उदेश्य पुरा गर्नका लागि प्रश्नपत्रले मुख्य भूमिका खेल्ने हुँदा यसको निर्माणमा ध्यन दिनुपर्ने पक्षहरुबारे प्रष्ट पारे । अवस्थीले पाठ्यक्रमले निर्धारण गरेको तालिका अनुसार शिक्षकले प्रश्नपत्र निर्माणमा ध्यान नदिँदा विद्यार्थीको मुल्याङकनमा असर पर्ने गरेको बताए ।



