शिक्षकले विद्यार्थीलाई हरबखत जिज्ञाशु बन्न प्रोत्साहित गर्नुपर्छ (भिडियोसहित)

काठमाडौं/२० जेठ-काठमाडौं वल्र्ड स्कुलका प्राचार्य केशर बहादुर खुलालले सोधमुलक शिक्षण विधिनै उत्तम भएको बताएका छन् । विद्यालय शिक्षण सम्बन्धी आफ्नो गहन अध्ययन र लामो तथा विविध अनुभवका आधारमा वैदिक समयदेखि आजका सम्पन्न राष्ट्रहरुलेसम्म स्विकारेको सोधमुलक शिक्षण विधिनै उत्तम भएको बताएका हुन् ।


उनले विद्यार्थीलाई प्रश्न गर्न सक्ने बनाउन आवश्यक रहेको बताउदैं शिक्षकले हतोत्साहित नबनाई ढुक्कसँग प्रश्न सोध्न सक्ने वातावरण कक्षा कोठामा निर्माण गर्नुपर्नेमा जोड् दिए । साथै विद्यार्थीलाई हरबखत जिज्ञाशु बन्न प्रोत्साहित गर्नुपर्ने र हरेका विषयलाई करणसहित खोज्नका लागि विद्यार्थीलाई प्रेरणा दिनुपर्ने बताए ।


हेर्नुहोस भिडियो :