काठमाडौं/१५ जेठ-नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयलाई सरकारले बजेटमा सम्बोधन नगरेको भन्दै विरोध जनाएको छ । सरकारो नीति तथा कार्यक्रमको बुँदा नं. १२७ मा सम्बोधन गरिनेछ भनी उल्लेख गरिए पनि बजेटमा सम्बोधन नगरिएको भन्दै विरोध जनाएको हो ।
विद्यालय कर्मचारी परिषद्को जारी प्रेस विज्ञप्ति मार्फत जेठ १५ गते घोषणा गरिएको बजेटमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको विषयमा कुनै पनि प्रकारको सम्बोधन नगरिएको भन्दै आपत्ति जनाएको छ ।
साथै तत्काल नीति तथा कार्यक्रममा उल्लेख भएको विषयलाई सम्बोधन गर्न माग गरेको छ । परिषद्ले नेपाल शिक्षक महासंघको घटक संस्था भएकोले नेपाल शिक्षक महासंघ मार्फत तत्काल आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ ।




