काठमाडौं/२६ वैशाख-राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को वार्षिक परीक्षा आज बिहान ८ बजेदेखि देखि सुरु हुँदैछ । ११ बजे सकिने परीक्षा १ हजार ४५७ परीक्षा केन्द्रमा सञ्चालन हुनेछ ।
जेठ ५ गतेसम्म हुने परीक्षामा देशभरबाट लागि चार लाख ६७ हजार ३ सय ८९ विद्यार्थीहरुले परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा संशोधन गरेको छ । लेटर ग्रेडिङ निर्देशिका, २०७८ को दफा ७ को उपदफा (२) को खण्ड (ङ) मा देहाय बमोजिम संशोधन भएको हो ।
मन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो । एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहो¥याएर परीक्षा दिन उपयुक्त नहुने भएकाले संशोधन गरिएको बोर्डले जनाएको छ ।
यस भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।



