स्कुलमा गोली चलाउँदा ९ जनाको मृत्यु, ६ जना घाइते

सर्बिया/२० बैशाख-सर्बियाको एक विद्यालयमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सर्बियाको राजधानी बेल्ग्रेडस्थित एक विद्यालयमा बुधवार गोली चल्दा ८ विद्यार्थी र एक सुरक्षा गार्डको मृत्यु भएको हो ।


बुधवार स्थानीय समयानुसार बिहान ८ बजे गोलि चलेको र ९ जनाको मृत्यु हुनुका साथै एक शिक्षक सहित अन्य ६ जना घाइते भएका छन् । इतिहासको कक्षा चलिरहेका बेला कक्षाकोठामा एक जना विद्यार्थी आएर शिक्षकमाथि गोली चलाए र त्यसपछि अन्य विद्यार्थी माथी अन्धाधुन्ध गोलि चलाउन थालेको प्रत्यक्षयदर्शीले बताएका छन् ।


गोली चलाउने १४ वर्षका विद्यार्थी लाई मध्य बेलग्रेडस्थित भ्लादिस्लाभ रिब्निकारबाट प्रहरीले पक्राउ गरेको छ । उनी केही दिन अघि मात्रै विद्यालयमा भर्ना भएको बताइएको छ ।