स्थायी पदपूर्तिका लागि २१ उपप्रध्यापकको माग

काठमाडौं/२६ फागुन-सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले उपप्रध्यापक पदपूर्तिका लागि आवेदन माग गरेको छ । विभिन्न संकायका विभिन्न विषयहरुमा उपप्रध्यापक पदपूर्तिका लागि आवेदन माग गरेको हो ।


विश्वविद्यालयले २१ जना उपप्रध्यापकहरु खुला तथा समावेशी प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको जनाएको छ । योग्यता पुगेका नागरिकहरुले फागुन २६ गतेदेखि चैत ३० गतेसम्म र २०८० बैशाख ७ गतेसम्म देब्बर दस्तुरमा आवेदन दिन सकिने छ ।