शिक्षक सरुवाका लागि घुसलिएका शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ

काठमाडौँ /२५ फागुन-ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् । शिक्षक सरुवा गर्न सहजिकरण गरिदिए वापत १ लाख घूससहित पक्राउ परेका हुन ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति जारी गर्दै ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घुससहित नियन्त्रणमा लिइएको जनाएको छ ।


पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको निवेदनका आधारमा अख्तियार अनुसन्धान आयोगको टोलीले १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा लिइएर उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।