स्थनीय तह र केन्द्रीय सरकारविच सहकार्य हुन नसक्दा शिक्षकले तलब पाएनन्

काठमाडौं/२५ फागुन-काठमाडौं महानगरपालिका शिक्षा सल्लाहकार रेसु अर्याल ढुंगानाले सार्वजनिक विद्यालयका शिक्षकहरुको तलब समयमै दिनुपर्ने बताएकी छन् । सार्वजनिक विद्यालयका शिक्षकलाई तीन तीन महिनामा तलब दिने व्यवस्था राम्रो नभएको भन्दै मासिक रुपमा तलब दिनुपर्ने बताएकी हुन् ।


खबर एजुकेशनले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्यालले भनिन् “शिक्षकहरुलाई मासिक रुपमा तलब पाउने व्यवस्था हुनुपर्छ । यसमा स्थानीय सरकार र केन्द्रीय सरकाले ध्यान दिन आवश्यक छ । शिक्षकलाई तीन तीन महिनमा तलब दिने हो भने स्थानीय तहलाई समस्या हुनुका साथै शैक्षिक गुणस्तर कायम गर्न कठिन हुन्छ ।”


साथै शिक्षकहरुलाई जिवन जिउन पुग्नेगरी सेवा सुविधा दिनुपर्नेमा बताएकी छन् । उनले शिक्षकहरुलाई जिवन जिउन पुग्नेगरी, बालबालिका पाल्न पुग्नेगरी तलबको व्यवस्था गरिनुपर्ने बताउँदै यसो गरिए मात्रै शिक्षकहरुले आम्दानीको स्रोत खोज्नु नपर्ने र कक्षा कोठाभित्र ध्यन दिन सक्ने बताइन । स्थनीय तह र केन्द्रीय सरकारविच सहकार्य हुन नसक्दा शिक्षक मारमा परेको र समयमा तलब नपाएको उनको भनाइ छ ।


त्यसैगरी शिक्षा ऐन नआएका कारण विद्यालय नियमन गर्न स्थानीय तहलाई अफ्ठेरो भएको उनको भनाइ थियो । शिक्षा ऐन नआएका कारण शिक्षकहरुको दरबन्दी व्यवस्थापन स्थानीय तहले गर्न पाउँदैनन यसले स्थानीय तहहरु अफ्ठेरोमा परेका छन् उनले भनिन् ।


अर्यालले निजी विद्यालय र सार्वजनिक विद्यालय विचमा दुरी रहेको,विभेद हुने गरेको बताउँदै यस्तै अवस्था रहिरहे विद्यार्थी स्वदेशमा नबस्ने र विदेश पलायन अझै बढ्न सक्ने धारणा राखिन । यसका लागि निजी विद्यालयले पनि समाजका लागि र सार्वजनिक विद्यालयका लागि साझेदारीमा काम गर्न आवश्यक रहेको बताइन ।