मनमोहन प्राविधिक विश्वविद्यालयका लागि १७ पदमा आवेदन माग

काठमाडौं/१३ फागुन-मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगले प्रशासन सेवा आन्तर्गतका समान्य प्रशासन र लेखा समुहका छैटौं तथा चौथो तहका पदहरुको खुला तथा आन्तिरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन माग गरेको छ ।


१७ पदका लागि खुला तथा आन्तिरिक प्रतियोगितात्मक परीक्षाबाट पदपुर्ति गर्नपर्ने भएकोले योग्यता पगेका उम्मेदवारबाट आवेदन माग गरेको हो ।


इच्छुक व्यक्तिहरुबाट खुला प्रतियोगिताको हकमा चैत १७ सम्म र देब्बर दस्तुरमा चैत २४ सम्म आवेदन दिन सकिनेछ । साथै आन्तिरिक प्रतियोगिताको हकमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ ।

https://mtu.edu.np/