ओखलढुङ्गा,सोलुखुम्बु र नुवाकोट जिल्लाको अन्तर्वार्ताको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

काठमाडौं /११ फागुन–शिक्षक सेवा आयोगबाट प्रकाशित नतिजा अनुसार प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरुको विभिन्न मितिमा सञ्चालित अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।


आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको ओखलढुङ्गा,सोलुखुम्बु र नुवाकोट जिल्लाको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा उम्मेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकाशित गरेको छ ।


यहाँबाट हेर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=297&fn=Result%2011-10.pdf