काठमाडौं/८ फागुन-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । फागुन ८ गतेदेखि २८ गते आइतबारसम्म निःशुल्क आवेदन भर्न सूचना जारी गरेको हो ।
सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी देशभरका विपन्न, दलित र मुस्लिम समुदायका १६० जना छात्रछात्राहरूलाई प्रि–डिप्लोमा तह र ४०० जनालाई डिप्लोमा–प्रमाणपत्र तहमा निःशुल्क अध्ययन गर्न विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि आवेदन माग गरेको छ ।


परीक्षा आवेदन फाराम खुला
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहको सेमेष्टर परीक्षा प्रणालीको नियमित आंशिक परीक्षा आवेदन फाराम खुला गरेको छ । विभिन्न कार्यक्रम अन्तर्गत दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित र आंशिक परीक्षा आगामी चैत्र महनिामा सञ्चालन गर्ने भएकोले परीक्षा आवेदन खुला गरेको हो ।




