डीन पदका लागि आवेदन माग

काठमाडौं/७ फागुन-नेपाल खुला विश्वविद्यालयले डीन पदका लागि आवेदन आव्हान गरेको छ । विश्वविद्यालयले रिक्त रहेका डीन पदका लागि आवेदन माग गरेको हो ।


नेपाल खुला विश्वविद्यालय ऐन २०७३(संशोधन) को दफा २०(३) र ११ (ण)को प्रावधान बमोजिम समाजिक शास्त्र तथा शिक्षा संकाय, व्यवस्थापन तथा कानून संकाय र विज्ञान, स्वस्थ्य तथा प्रविधि संकायमा रिक्त रहेका डीन पदहरुमा खुला प्रतियोगिताका आधारमा नियुक्तिका लागि आवेदन माग गरेको छ ।


इच्छुक योग्ता पुगेको व्यक्तिहरुले सूचना प्रकाशित भएको ७ दिन भित्र विश्वविद्यालयबाट गठित सिफारिस समितिको कार्यलयमा स्वयम उपस्थित भई वा इमेल मार्फत आवेदन दिन सकिने छ ।

विस्तृत सूचना यहाँबाट हेर्न सकिन्छ :

https://www.nou.edu.np/2023-02-18-1676689196