काठमाडौं/७ फागुन-राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)को चौथो वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । साधारण सभाबाट सन्तोष प्याकुरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा अध्यक्ष सन्तोष प्याकुरेल, उपाध्यक्षहरु भुपेन्द्र सिटौला र रमण कोइराला, महासचिव दिपक कोइराला, सचिवहरु प्रधुम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा र सदस्यहरुमा सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारी रहेका छन् ।
साधारण सभा मार्पmत वार्षिक प्रगति प्रतिबेदन, वार्षिक आर्थिक प्रतिबेदन र आगामी कार्य योजना बहुमतले पारित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।
कार्यक्रमको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्क, अथितिहरुमा नेपाल अभिभावक महांसंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, आईडिपी,आईइएलटिएसका प्रतिनिधि लगायत विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधिहरु रहेका थिए ।
राष्ट्रिय शैक्षिक परामर्श संघले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि सहयोगी भूमिका खेल्दै आएको छ । नेकाले सामाजिक दायित्व अन्तर्गत विदेशमा अध्ययनमा गएका विद्यार्थीहरुलाई अप्ठ्यारो परिस्थितिमा सहयोग तथा सहजिकरण गर्ने, विद्यार्थी तथा अभिभावकहरु सँग वेदेशिक अध्ययन सम्बन्धि अन्तक्रिया लगाएतका कार्य गर्दै आएको छ । स्थापनाको छोटो समयमा नै धेरै शैक्षिक परामर्श ब्यवसायीहरु नेकामा आबद्घ भैसकेका छन् ।



