प्राविधिक शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह

दाङ/२१ माघ-प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाई सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजी क्षेत्रलाई आग्रह गरिएको छ । राप्ती इन्जिनियरीङ कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई दिइएको अभिमुखिकरण कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उप—प्रमुख हुमा डिसीले प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजि क्षेत्रलाई आग्रह गरेकी हुन् ।


मुलुकमा प्राविधिक शिक्षाको विकासमा कलेजको अहम भुमिका रहेको बताउँदै डिसीले देश विकासको लागि प्राविधिक शिक्षा आर्जनज गरेको दक्ष जनशक्तिको अवश्यकता रहेका बताइन् । यसका लागि निजी शैक्षिक संस्थाहरु पनि अग्रसर हुनुपर्ने र लगानि बढाउनु पर्नेमा जोड् दिइन । विद्यार्थीहरुले गरेको व्यवस्थापन र कलेजको व्यवस्थापनको प्रसंशा गर्दै कलेजले स्थानिय, प्रदेश र समग्र राष्ट्रको प्राविधिक विकासको लागि आहम भूमिका पु¥याएको बताइन । नेपालमा रहेका विभिन्न किसिमका विकृतिहरुलाई निराकण गर्दै एक सक्षम, दक्ष जनशाक्तिको रुपमा स्थापित भएर देश विकासमा लाग्न नवआगन्तुक विद्यार्थीहरुलाई आग्रह गरीन् ।


राप्ती इञ्जिनियरीङ कलेजका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले आफुहरुले घोराहीका निम्न तथा मध्यम वर्गिय समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा दाङको राप्ती इञ्जिनियरिङ कलेजबाट दिन सकिन्छ भन्ने मान्यताका साथ पन्ध्र बर्ष अघि देखेको प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुँदै गरेको बताए । कार्यक्रमको अध्यक्षता समेत गरेका गिरीले सिकाईलाई अनुसन्धानमा आधारित शिक्षा पद्धतीको विकाश गर्न आफुहरु प्रतिवद्ध रहेको जानकारी दिए ।


प्रेस काउन्सिलका नेपालका सदस्य, शरद अधिकारीले सकारात्मक सोचाईको सुरुवातसंगै व्यक्तिले हरेक कार्यहरु संचालनगर्ने क्रममा सबैको सहयोगबाट कलेज संचालन भएको बताए । सबैले आफ्नो जिम्मेवारी र कर्तव्यलाई बोध गर्न सके मात्र सफलता प्राप्त गर्न सकिने उनको भनाइ थियो । अहिलेको अवस्थामा प्राविधिक शिक्षाले छिटो छरितो रोजगारी प्राप्तगर्न सकिने भएकोले सबैले मेहनतका साथ लगन शिलभएर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरे ।


कलेजमा विई सिभिल दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले विइ सिभिल प्रथम सेमेष्टर (१२ औँ ब्याच) मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएका थिए । दुई दिन सम्म चलेको अभिमुखिकरण तालिममा डा. भीमसेन गिरी, प्रिन्सिपल रेशम गिरी, निर्देशक मधुसुदन बैद्य, ई. विआर जोशी, योग प्रशिक्षक रविन्द्र बस्नेत, ई. रामधन श्रेष्ठल गायतले प्रशिक्षण दिएका थिए ।