काठमाडौं/२० माघ-कक्षा ११ र १२ मा विज्ञान विषय पठन पाठन हुने विद्यालयको विवरण पठाउनका लागि निर्देशन दिइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई विज्ञान विषय पठन पाठन हुने विद्यालयको विवरण पठाउन निर्देशन सदएको हो ।
केन्द्रले विज्ञान विषय अध्ययन हुने विद्यालयहरुको विवरण अद्यावधिक गर्ने प्रायोजनका लागि विवरण पठाउन भनिएपनि सबै जिल्लाको विवरण नआएका कारण विवरण तीन दिन भित्र विवरण पठाउन भनेको छ ।
केही जिल्लाको विवरण नआएको कारण पूर्ण रुपमा अद्यावधिक गर्न नसकिएको र विवरण पठाउन बाँकि जिल्लाले आफ्नो जिल्ला भित्र कक्षा ११ र १२ मा विज्ञान विषय अध्यपन हुने विद्यालयको केन्द्रले निर्धारण गरेको ढाँचामा पठाउन सबै इकाइलाई निर्देशन दिएको छ ।
हेर्नुहोस सूचना :
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-898874931.jpg



