कार्यमूलक अनुसन्धान : शिक्षण सिकाइमा शिक्षक तथा विद्यार्थीका समस्या समाधान गर्ने माध्यम

ललितपुर/१४ माघ-पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यक्रमका तत्त्वकाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र गोदावरी स्थित रेसिडेन्सियल स्कूलको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।


स्कुलका प्रधानाध्यापक कुलदिप न्यौपानेले पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यक्रमका तत्त्वकाबारे सहभागि शिक्षकहरुलाई प्रष्ट पारेको थिए । छलफमा सहभागि शिक्षकहरुले सिकेका ज्ञान, सिप र क्षमताका बारेमा प्रस्तुतिकरण गरीएको थियो । राष्ट्रिय पाठ्यक्रम र विद्यालय पाठ्यक्रमका बिचमा पाइने भिन्नताका बारेमा समुह समुह विभाजन गरी छलफल गराइएको थियो ।


स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, धर्म, संस्कृति, चाडपर्व, मौलिककला, वनस्पति तथा जीवजन्तुलाई जोड दिनुपर्ने सहभागिहरुको धाराणा थियो । विद्यार्थीको गुणस्तरीय सिकाइ सहजीकरणका लागि ऐतिहासिक, पुरातात्कि, धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थलको भ्रमणमा सरिक गराउनु पर्नेमा जोड् थियो । परियोजनाकार्य तथा अनुसन्धानात्मक मूलक कार्यमा विद्यार्थीहरुलाई सहभागि गराई आन्तरिक प्रतिभाको प्रस्फुटनमा सहजीकरण केन्द्रित गर्नुपर्ने र प्रभावकारी शिक्षण सिकाइका लागि स्थानीय सामग्रीको छनोट र प्रयोगमा जोड दिनाले सिकाइ जीवन्त तथा दीर्घकाली नहुने विषयमा छलफल गरिएको थियो ।


काठमाडौँ विश्वविद्यालयका प्रशिक्षक डा. लक्ष्मण ज्ञवालीले कार्यमूलक अनुसन्धानका बारेमा सहभागी शिक्षकहरुलाई जानकारी गराए । शिक्षण सिकाइमा कार्यमूलक अनुसन्धानको अवधारणा, उपयोगिता, महत्व र समस्याका बारेमा सहभागि शिक्षकले जानकारी प्राप्त गरे ।


कक्षा कोठाको शिक्षण सिकाइमा शिक्षक तथा विद्यार्थीका समस्या हुन्छन् । ती समस्या समाधान गर्ने माध्यम कार्यमूलक अनुसन्धान हो । कार्यमूलक अनुसन्धानबाट शिक्षकलाई योजना निमार्ण गर्न, योजनाको कार्यान्वयन गर्न, विद्यार्थीको सिकाइमा उच्च उपलब्धि हासिल गर्न सहजीकरण गर्न सक्छ ।