चैत तेस्रो हप्ताबाट एसईई परीक्षा सञ्चालन गर्ने तयारीमा बोर्ड

काठमाडौं/१३ माघ-राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैतको तेस्रो हप्ताबाट सञ्चालन गर्ने भएको छ । बोर्डले चैतको दोस्रो हप्ताबाट सञ्चालन गर्ने भन्दै आएपनि प्राविधिक कारणले चैतको तेस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी गरेको छ ।


परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने गरी छलफल भएको र यसबारे विस्तृत जानकारी माघ १५ गते आइतबार सार्वजनिक गर्ने गरी छलफल भइरहेको बताएका छन् । तर, छलफलमा सहभागि एकजनाले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले चैतको १७ गतेदेखि परीक्षा सञ्चालनका लागि प्रस्ताव पेस गरेको र त्यसै अनुरुपा परीक्षा हुने गरी तयारी गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *