यस्तो छ सभामुखमा निर्वाचित भएका देवराज घिमिरेको शैक्षिक योग्यता

काठमाडौं/५ माघ-बिहीबार भएको मतदानबाट १६७ मत प्राप्त गर्दै नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । झापा अर्जुनधारा ६ का देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका हुन् ।


२०३२ देखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी लागेका घिमिर २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर पार्टीको संगठन निर्माणमा खटिएका थिए ।


ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका वडा नं ३ मा वि.सं. २०१३ साल जेठ १३ गते जन्मिएका देवराज घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुल शिक्षाको सुरुवात गरेका थिए । उनले ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एस.एल.सी उत्तीर्ण गरी धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातक अध्ययन गरेका छन् ।