शिक्षा मन्त्रीमा शिशिर खनाल, शिक्षा ऐन पुनावलोकन गरी अगाडि बढाईने

काठमाडौं/३ पुस-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल नियुक्त भएका छन् । नियुक्त भएका मन्त्री खनालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् ।


टिच फर नेपाल’ नामक संस्थाक रहेका खनालले २०७४ सालको निर्वाचनपछि तुलसीपुर उपमहानगरपालिकामा शिक्षा सल्लाहकार भएर काम गरेका थिए । टिच फर नेपाल’को सीईओको जागिर छाडेर बिना पारिश्रमिक उपमहानगरको शिक्षा सल्लाहकार भएर काम गरेका थिए ।


मन्त्री खनालले पदभार ग्रहण गरेसँगै शिक्षा ऐनलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले शिक्षा ऐन अध्ययन गरेर पुनावलोकन गरी अगाडि बढाउने बताएका छन् । त्यसैगरी विद्यार्थीको हातमा वैशाखमै पाठ्यपुस्तक पुर्याउन कटिबद्ध भएर लाग्ने जनाएका छन् ।