पोखरा विश्वविद्यालयको दीक्षान्त समारोह फागुन ८ मा, भागलिन अनलाईन फाराम भर्नुपर्ने

कास्की/२६ पुस-पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अठारौं दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाईन फाराम खुला गरेको छ । फागुन ८ गते आयोजना हुने दीक्षान्त समारोहमा भागलिनका लागि विश्वविद्यालयले अनलाईन फाराम भर्नका लागि आग्रह गर्दै खुला गरेको हो ।


विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहमा भाग लिन स्नातक, स्नातकोत्तर, एम.फिल तथा विद्यावारिधि तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरुले दीक्षान्त समारोहमा भाग लिनका लागि फाराम भर्नका लागि खुला गरएिको जनाएको छ ।


अनलाइन फाराम माघ १ गतेदेखि १५ गतेसम्म खुला रहने र उक्त अवधिको कुनै पनि समयमा फाराम भर्न सकिने जनाएको छ ।