काठमाडौं/१३ पुस-राष्ट्रिय परीक्षा बोर्ड अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाले शोधपत्र लेखनका लागि आवेदन माग गरेको छ । स्नातकोत्तर, एम.फिल र विद्यावारिधि तहका विद्यार्थीलाई माध्यामिक तहको परीक्षा सुधार सम्बन्धी कुनै पनि शिक्षर्ककमा शोधपत्र लेखनका लागि अनुदान दिने हुँदा आवेदन माग गरेको हो ।
इच्छुक विद्यार्थी, शोधार्थीबाट प्रस्ताव सहितको आवेदन फागुन मसान्त भित्रमा निवेदन दिन सकिने बोर्डले जनाएको छ । प्रति शोधपत्रका लागि स्नातकोत्तर तहलाई ७५ हजार, एम.फिल तहलाई १ लाख र विद्यावारिधि तहलाई १ लाख २५ हजार अनुदान दिइने छ ।




