काठमाडौं/९ पुस-राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्पूर्ण विद्यालयहरुको एउटै कोर्ड नम्बर बनाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरुको फरक फरक कोड नम्बर भएकोले विद्यालय पहिचान गर्न सजिलोका लागि एउटै कोर्ड नम्बर बनाउने भएका हुन् ।
कुन विद्यालय कति नम्बरमा छ भन्ने सवालमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा एउटा नम्बर रहेको र राष्ट्रिय परीक्षा बोर्डका लागि अर्को कोर्ड नम्बरबाट जिल्लाले जानकारी पठाइरहेको हुनाले काम गर्नका लागि सहज हुनुका साथै विद्यालय पहिचान गर्नका लागि एउटै कोर्ड नम्बर राख्ने तयरी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १०, ११ र १२ का विद्यालयलाई चिन्नको लागि पनि फरक फरक कोड नम्बर रहेको बताउँदै एउटै कोड नम्बरले एउटै मात्र विद्यालय जनाउने गरी राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काम अगाडि बढाएको जनाएको छ ।



