काठमाडौं/९ पुस– डा. तोसिमा कार्कीले राज्यबाट दिइने तलब भत्ताबाट सामुदायिक तथा सरकारी विद्यालयका महिला छात्राहरुका लागि निशुल्क स्यानिटरी प्याड वितरणका लागि दिने घोषणा गरेकी छन् ।
उनले राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा समाजिक कामका लागि उपयोग गर्ने घोषणा गर्दै सामुदायिक तथा सरकारी विद्यालयका महिला छात्राहरुका लागि निशुल्क स्यानिटरी प्याड वितरणका लागि दिने बताएकी हुन् ।
सामाजिक सञ्जालबाट स्वघोषण गर्दै उनेले लेखेकि छन् “राज्यबाट दिइने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु । सुरुवातः ‘निशुल्क महिनावारी सामाग्री अभियान’ ललितपुर ३ मा भएका सामुदायिक तथा सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ती स्यानिटरी प्याड वितरणको लागि दिनेछु ।”
कार्की ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्याका लागि निर्वाचित सांसद हुन् ।




